झापा : झापाको मेची नगरपालिका ६ मेचीपुल नजिकैबाट ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यान जिल्लाको वनगाँउ नगरपालिका १ का ३० वर्षीय रमेश डि.सि. रहेका छन् ।
भारतबाट नेपाल आउँदै गरेका उनलाई चेकजाँच गर्दा ब्राउनसुगर २३ ग्रामसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post