मोरङ : बैंकिङ कसुर मुद्दाको फरार रहेका प्रतिवादी सुनसरीको धरान उप – महानगरपालिका–३ का २८ वर्षिय केमन खड्कीलाई प्रहरीले प्रकाउ गरेको छ ।
बैंकिङ कसुर मुद्दामा मिति २०७८ बैशाख १६ गते को सजाय निर्धारण फैसला आदेशले १ बर्ष ६ महिना कैद र रु।९ लाख ७४ हजार ४ सय जरिवाना भई असुल गर्न बाँकी रहेका खड्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T समुह बिराटनगरबाट गएको प्रहरी टोलिले खोजतलास गर्दा गाँउघरमै लुकिछिपी बसेको अबस्थामा आज दिँउसो पक्राउ गरेको हो ।
पक्राउ परेका खड्कीलाई आज जिल्ला अदालत सुनसरीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।












Discussion about this post