संखुवासभा : संखुवासभाको खाँदबारीमा हत्या अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खाँदबारी ११ का २७ वर्षीय जीवन दर्जी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पौष ४ गते दर्जी र सोही स्थानका ३० वर्षीय चन्द्रबहादुर दर्जीबीच मादक पदार्थ सेवन गरी आपसमा झै–झगडा हुँदा कुटपिटका कारण चन्द्र बहादुर घाइते भएका थिए ।
घाइते चन्द्रबहादुरको जिल्ला अस्पताल संखुवासभामा उपचारको क्रममा पौष ५ गते मृत्यु भएपछि घटनामा संलग्न दर्जीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post