धरान : ग्राहकको अधिक माग एवम् अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा धरानमा आजदेखि बजाजको ‘एक्सचेन्ज एन्ड अपग्रेड महामेला’ सुरु भएको छ ।
नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल एवं लोकप्रिय ब्रान्ड बजाजको धरानका लागि आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्श अटोले आजदेखि आफ्नै सोरुम परिसरमा एक्सचेन्ज एन्ड अपग्रेड महामेला सुरु गरेको हो ।
आज पुस ११ गते देखि १५ गते सम्म धरानमा रहेको अर्विन एन्ड ब्रदर्श अटोको आफ्नै सोरुममा हुने महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्याङ्कन बजार मूल्यभन्दा १० हजार थप मूल्याङ्कन, शून्य प्रतिशत ब्याजदरमा सरल फाइनान्सको सुविधा, नगद तथा एक्सचेन्जबाट खरिद गर्ने ग्राहकहरूले विभिन्न उपहार तथा नगद जित्न सक्ने अर्विन एन्ड ब्रदर्स अटोका सञ्चालक अर्विन तामाङले जानकारी दिए ।
उनका अनुसार एक्सचेन्ज एन्ड अपग्रेड महामेलामा हरेक खरिदकर्ताले आकर्षक हेलमेट, लेगगार्ड, बाइक कभर र पञ्जा निःशुल्क प्राप्त गर्नेछन् । ग्राहकले ३० प्रतिशत डाउन पेमेन्टबाट १३ प्रतिशत व्याजमा दुई बर्षे र ५० प्रतिशत पेमेन्ट गरे शून्य प्रतिशत ब्याजमा १८ महिनाको किस्तामा समेत मोटरसाइकल खरिद गर्न सक्नेछन् ।



















Discussion about this post