झापा : झापाको मेचीनगर नगरपालिका ६ मेची पुल छेउबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको ओसार–पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक ५ का ३६ वर्षीय राजु बिकलाई ८ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post