इलाम : इलामको सूर्योदय नगरपालिका ४ मा पर्ने श्री अन्तुको चिया कारखानामा आगलागी भएको छ । आगलागी हुँदा कारखानासहित मेशिन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ ।
इलाम टी प्रोर्डयुस प्रा.लि द्वारा संचालित कारखानामा आज (आइतबार) दिउँसो ३ बजे आगलागी भएको स्थानीले बताएका छन् । आगलागीबाट चिया कारखानाको तीन वटा भवन जलेर नष्ट भएको छ ।
आगो नियन्त्रणबाहिर गएपछि सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर देउप्रसाद लिम्बूले जानकारी दिए ।
क्षतिको विवरण अहिले आइनसक्ने उनले बताए ।














Discussion about this post