इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका १० प्रकाशपुर र बराहक्षेत्र ७ बाङ्गे स्थितबाट नियन्त्रित लागूऔषधसहित दुईजनालाई पक्राउ गरिएको छ ।
प्रहरी चौकी प्रकाशपुरबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा बराहक्षेत्र १० का २१ वर्षीय मीनबहादुर राईको साथबाट स्पाईसनो ९६ टयाब्लेट, नाइट्रोजन ५० टयाब्लेट र डाईजोपाम १६ थान सहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरी चौकी बाङ्गेबाट खटिएको गस्ती टोलीले बराहक्षेत्र ७ बाङ्गेका २३ वर्षीय अनिष बिष्टलाई एसपी ९ टयाब्लेट, एमभल्ब १२७ थान सहित पक्राउ गरेको छ ।
प्रतिवन्धित लागूऔषधसहित पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post