इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका ६ बाट लागूऔषध गाँजा र साइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बराहक्षेत्र ३ का २८ वर्षीय नगेन राई र चौदण्डीगढी नगरपालिका १ का ३२ वर्षीय नबहाङ किराँती रहेका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको क्यू आरटी टोलीले चेक जाँचको क्रममा उनीहरूबाट ६ केजी लागूऔषध गाँजा र २ वटा साइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post