इटहरी : जिल्ला प्रशासन सुनसरीले सेवा बन्द गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अुनसार कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि माघ १६ गतेसम्मका लागि सेवा बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले आज (मंगलबार) एक सूचना प्रकाशित गर्दै राहदानी शाखा १६ गते आइतबार सम्मको लागि बन्द हुने जानकारी गराएको छ।
यस्तै, नागरिकता तथा प्रतिलिपि शाखामा कम्प्युटरको सर्भर बिग्रिएको कारण केही दिनदेखि सेवा अवरुद्ध भएको जनाएको हो। सर्भरको मर्मत सम्भारको कार्य भइरहेकाले चाडै सेवा सुचारु हुने विश्वास व्यक्त गरिएको छ।
राहदानी तथा प्रशासन शाखाका कर्मचारीहरूको कोभिड एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको र ३० प्रतिशत भन्दा बढी कर्मचारी बिरामी भएको कारण सेवा बन्द गर्नुपरेको प्रजिअ यादवले बताए ।
भोलि (बुधबार) बाट लागू हुनेगरी १६ गतेसम्म सेवा बन्द गरिएको बताइएको छ ।














Discussion about this post