Tuesday, September 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी सरकारलाई गिज्याइरहेको एउटा कालो ब्यानर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १२, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरी सरकारलाई गिज्याइरहेको एउटा कालो ब्यानर
464
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाको गेटै अगाडि देखिन्छ, एउटा कालो ब्यानर । ब्यानरमा लेखिएको छ–‘सर्पहरू गीत, संगीत सुन्दैनन् ।’

इटहरीका स्रष्टाहरू झण्डै एक महिना अघिदेखि उपमहानगरपालिकाले कला, साहित्य, संगीतका लागि बजेट बिनियोजन नगरेको तथा पुस्तकालय उत्थानका निम्ति कुनै कदम नचालेको भन्दै आन्दोलनरत छन् ।

लेखक समाजकी मिथिला पोखरेलले इटहरी सरकारले स्रष्टा विरोधी गतिविधि गरेकाले आफूहरू आन्दोलनरत रहेको बताइन् ।

‘छिमेकी नगर धरान, सुन्दरहरैँचा, बेलबारीमा कला साहित्यका लागि बजेट बिनियोजन भएको छ, तर इटहरीमा स्रष्टा विरोधी गतिविधिविरूद्व हामीले मौन विरोध गरेका हौँ,’ पोखरेलले भनिन्, ‘पटकपटक उपमेयरसँग छलफल गरेर विज्ञप्ती दिएपनि उहाँले वास्तै गर्नुभएन, त्यसैले नगरपालिकाको गेटमा कालो ब्यानर राखेर सांंकेतिक विरोध गरेका हौँ ।’

उनका अनुसार आफूहरूले झण्डै एक महिना अघिदेखि आवाज उठाइरहेको भएपनि उपमहानगरले चासो राखेको छैन ।

भएको पुस्तकालय तथा सांस्कृतिक भवन समेत मासेको उपमहानगर स्रष्टा विरोधी रहेको उनको तर्क छ । ‘नगरपालिकाले वास्तै गरेको छैन, लेखन, कला, साहित्यका मानिसलाई बोलाएर आधिकारिक छलफल राखेको छैन,’ उनले टाकुरा न्यूजसँग भनिन्, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ जस्तो भएको छ, कसैको चासोको विषय भएन ।’

उनले कला साहित्यमा लागेका मानिसको पनि मनको मैलो हुने भन्दै मनको मैलोलाई गीत, संगीतले मात्रै पखाल्ने तर्क राख्दै भनिन्, ‘कला, साहित्यमा लागेका मानिसको मनको मैलो धूने गीत, संगीतले नै हो, तर उपमहानगर बेखबर जस्तो बनिरहेको छ,’ उनले भनिन् ।

यसअघि इटहरी उपमहानगरपालिकाका विषय विज्ञ सल्लाहकार प्रा.डा. बद्रीविशाल पोखरेलले राजीनामा समेत दिएका थिए । इटहरीको बहुआयामिक विकास निर्माणमा सहयोग, सल्लाह र सुझावका लागि भन्दै उनलाई उपमहानगरले विषय विज्ञका रूपमा सल्लाहकारमा मनोनित गरेको थियो ।

तर, राजीनामा दिदैं पोखरेलले भनेका थिए, ‘दिइएको महत्वपूर्ण सुझावहरूलाई प्रमुख र उपप्रमुखद्वारा बेवास्ता गरियो, उपमेयर लक्ष्मी गौतमकै निर्देशनमा पालिकामा भएका पुस्तकालयका पुस्तकहरू इटहरीका विभिन्न साहित्यिक प्रतिष्ठानमा वितरण गरेर पुस्तकालयबिहीन इटहरी बनाउन खोजेपछि स्रष्टाहरूले दबाब दिएपछि पहिलेको समृद्व पुस्तकालय खुम्चिएकै अवस्थामा भएपनि घिटघिटी हुँदै बाँचेको छ,’ राजीनामा पत्रमा डा. पोखरेलले लेखेका छन्, ‘त्यसैले यस खालका चरम अबौद्विक र गैरसाहित्यिक चरित्र र चिन्तन भएका जनप्रतिनिधिका गैर जिम्मेवार गतिविधिबाट आजित भएर मैले सल्लाहकार सदस्यबाट राजीनामा दिएको छु ।’

पालिकाबाट गरिएको चरम उपेक्षा र अपमान सह्य नभएको भन्दै आफूले राजीनामा दिएको उनले बताए । राजीनामा पत्रको सुरूमै डा. पोखरेलले ‘सर्पहरू गीत, संगीत सुन्दै सुन्दैनन्’ भनेर लेखेका छन् ।

प्रगतिशील लेखक संघ सुनसरीका अध्यक्ष समेत रहेका इटहरीका स्रष्टा रामप्रसाद खरेलले कला, साहित्य नबुझेका जनप्रतिनिधिको उपज अहिलेको आन्दोलन रहेको बताए ।

‘जनप्रतिनिधिहरू कोही, कसैले पनि कला, साहित्य बुझेका छैनन,’ उनको तर्क छ, ‘राजनीतिमा पठन संस्कृति कति छ भन्ने पनि महत्वपूर्ण कुरा हो ।’ राजनीतिक पार्टीहरुको एजेन्डामा कला, साहित्य नहुनु र यो क्षेत्र अनुत्पादक क्षेत्र हो भन्ने बुझाइ हुनुले नोक्सानी गरेको उनले बताए ।

नीति तथा बजेट बिनियोजन कार्यक्रममा पारित भएका कुराहरू कार्यान्वयन नभएकाले संस्थागत विकास नभएको उनको चिन्ता छ । विशेषतः राजनीतिक पार्टीहरूको संस्कार नै परिवर्तन गर्न आवश्यक रहेको उनले बताए ।

उनले भने, ‘कला, साहित्य बुझ्ने मानिस नै जनप्रतिनिधि भएनन्, बौद्विक क्षेत्रमा लगानी गर्ने पैसा अनुत्पादक हो भन्ने उनीहरूको बुझाइ छ ।’

यो पनि – इटहरी उपमहानगरकोे सल्लाहकारबाट राजीनामा दिदैं डा। पोखरेलले भने, ‘सर्पहरू गीत सुन्दैनन्’

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका#साहित्यटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी
FEATURE BREAKING

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेज इटहरी–२०, तरहराले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीएस चौथो वर्षको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ।...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
0

धरान : धरान उपमहानगरपालिका–१५ आरालाईनमा बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार बिहानको राति करिब १ः०५ बजेतिर...

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अशोज १३, २०८३
साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

अशोज १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारले गर्यो यस्ता निर्णय

अशोज १२, २०८३
कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

अशोज १३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अशोज १३, २०८३
अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अशोज १३, २०८३
साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

अशोज १२, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.