भोजपुर : भोजपुर नगरपालिका १० बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका १० का २९ वर्षीय सुमन तामाङ र धर्मदेवी नगरपालिका ५ का ३७ वर्षीय दलबहादुर तामाङलाई २ ग्राम लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post