भोजपुर : जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरोहेरोइन ब्राउनसुगरसहित दुईजना ट्रक चालकलाई पक्राउ गरेको छ ।
मालबाहक ट्रकमा खैरोहेरोइन रहेको सूचनाको आधारमा खानतलासी गर्दा दुई ग्राम एक मिलिग्राम ब्राउन सुगर र ८३ हजार रुपैँया नगद बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीले ट्रक चालक धनकुटा नगरपालिका घर भइ मोरङको केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र सङ्खुवासभा धर्मदेवी नगरपालिका ५ का ३७ वर्षीय दलबहादुर मगरलाई पक्राउ गरेको छ ।
भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को १ ख ६२३२ र ना ६ ख ७४७८ नम्बरको ट्रकबाट उक्त ब्राउन सुगर बरामद भएको थियो । नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान आउँदै गरेको प्रहरीले जनाएको छ ।
ब्राउनसुगरसहित पक्राउ परेका दुवैमाथि थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post