धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार मृत्यु हुनेमा एक जना झापा र अर्का सप्तरीका वृद्ध पुरुष छन् । सप्तरीको राजविराज १५ का ७५ वर्षीय वृद्धको कोभिड अस्पतालमा मृत्यु भएको हो ।
मृगौलाका रोगी रहेका उनले कोभिडविरुद्धको खोप लगाएका थिए । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका वृद्धलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
यसैगरि, झापाको बुद्धशान्ति ३ का ७० वर्षीय वृद्धको पनि मृत्यु भएको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए । मृतक उच्च रक्तचाप र मृगौलाको दीर्घरोगी थिए । उनले खोप लगाएका थिएनन् ।
माघ १० गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।














Discussion about this post