झापा : झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर ११ का २३ वर्षीय सेवन उराउ रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उराउ साथबाट ६ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका उराउमाथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post