ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका ५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका ४ का ४८ वर्षीय सूर्यप्रकाश लिम्बूको मृत्यु भएको छ ।
आज (सोमबार) बिहान साढे ११ बजेको समयमा सोही स्थानमा बिद्युतको पोलमा चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका लिम्बूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post