Sunday, May 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी आएर कमल थापाले भने, ‘निर्मल निवासको नाङ्गो हस्तक्षेपका कारण पार्टीबाट अलग भएको हुँ’ (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २८, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरी आएर कमल थापाले भने, ‘निर्मल निवासको नाङ्गो हस्तक्षेपका कारण पार्टीबाट अलग भएको हुँ’ (भिडियो)
211
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेता कमल थापाले निर्मल निवासको नाङ्गो हस्तक्षेपका कारण आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएको खुलासा गरेका छन् ।

इटहरी उपमहानगरपालिका २० तरहरामा शुक्रबार पत्रकारहरूसँगको भेटघाटका क्रममा नेता थापाले आफूमाथि निर्मल निवासको हस्तक्षेप भएका कारण निरीह, लाचार, अपमानित र अपहेलित भएर पार्टीमा बसिराख्न सक्ने अवस्था नरहेका कारण पार्टीबाट अलग भएको बताएका हुन् ।

‘जुन पार्टीमा मैले ३१ वर्ष बिताएँ । विभिन्न तहमा रहेर पार्टी निर्माणमा रगत पसिना बगाएँ । त्यो पार्टीबाट अलग हुनुपर्दा स्वभाविक रुपले हिनताबोध भएको छ,’ उनले भने, ‘यो कुनै योजना र रहरले गरिएको काम होइन, निर्वाचनको पराजयलाई सहज र स्वभाविक रुपमा लिएँ । हार र जीतको बाबजुद महाधिवेशनको आन्तरिक पतिष्पर्धामा निर्मल निवासको हस्तक्षेप रह्यो, त्यसले शैद्वान्तिक प्रश्न खडा ग¥यो ।’

‘हामीले अब आगामी दिनमा कसरी राजसंस्थाको एजेण्डालाई बोकेर हिड्ने,’ उनले भने, ‘किनभने राप्रपा जस्तो पार्टीमा त राजाको हस्तक्षेप हुन्छ भने भोलि राजसंस्था पुर्नस्थापना भयो भने अन्य पार्टीहरूमा हुँदैन ?’

राप्रपा देशको एउटा राजनीतिक शक्तिको रूपमा भन्दापनि कुनै एउटा विषयलाई पुर्नस्थापित गर्ने संघर्ष समितिको रूपमा परिणत हुने र निर्मल निवासको रिमोट कन्ट्रोलबाट सञ्चालन हुने कुरालाई दृष्टिगत गरेका कारण आफू पार्टीबाट अलग भएको उनको तर्क छ । अब राप्रपाबाट अलग भएसँगै राजसंस्था बिनाको हिन्दुराष्ट्र अभियानमा आफू सक्रिय हुने उनले बताए ।

‘जुन पार्टीमा मैले ३१ वर्ष बिताएँ । विभिन्न तहमा रहेर पार्टी निर्माणमा रगत पसिना बगाएँ । त्यो पार्टीबाट अलग हुनुपर्दा स्वभाविक रुपले हिनताबोध भएको छ,’ उनले भने, ‘यो कुनै योजना र रहरले गरिएको काम होइन, निर्वाचनको पराजयलाई सहज र स्वभाविक रुपमा लिएँ । हार र जीतको बाबजुद महाधिवेशनको आन्तरिक पतिष्पर्धामा निर्मल निवासको हस्तक्षेप रह्यो, त्यसले शैद्वान्तिक प्रश्न खडा ग¥यो ।’

निर्मल निवासको हस्तक्षेपले मात्रै आफू हारेको उनको बुझाइ छ ।

‘हामीले हार्नुमा हाम्रै पनि केही कमीकजोरी छन्, प्राविधिक त्रुटी छन्,’ नेता थापाले भने, ‘तर, निर्मल निवासको नाङ्गो हस्तक्षेपका कारण हामीले परिकल्पना गरेको राजसंस्था राजनीतिभन्दा माथि उठेको छ ।’

अब आफू नयाँ पार्टीको कार्यदिशा बनाउन लागेकाले फागुन पहिलो साताभित्र पार्टी दर्ता गरेर स्थानीय निर्वाचनमा भाग लिने उनले बताए ।

‘पार्टी र नेता असफल भए भन्दैमा राजा आएर शासन गर्ने होइन,’ उनले भने, ‘मैले राजा र राजाको सचिवालयलाई सम्झाउन सकिँन । अब जनतासामू गएर कसरी राजाको पक्षमा भोट माग्ने ?’

हिजोको दिनमा हिन्दुराष्ट्रको एजेण्डा कमजोर हुनुमा राजसंस्थाको एजेण्डा कारणको रूपमा रहेको उनको आरोप थियो । उनले राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनमा दोहोरो चरित्र र केटाकेटीपन समेत रहेको आरोप लगाए ।

भिडियो

Tags: कमल थापाराजनीति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

खोटाङ : खोटाङको बराहापोखरी गाउँपालिका–५ पौवासेरामा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र...

नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति
समाचार

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

विराटनगर : नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएपछि शनिबार अस्पताल परिसर तनावग्रस्त बनेको छ। मोरङको कानेपोखरी...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1537 shares
    Share 615 Tweet 384
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    604 shares
    Share 242 Tweet 151
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.