झापा : झापामा प्रतिबन्धित ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको कचनकवल गाउँपालिका ५ बाट बिर्तामोड नगरपालिका २ का २८ वर्षीय सरोज भट्टराई र बिर्तामोड ९ का २० वर्षीय विशाल बुढाथोकीलाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीबाट खटिएको संयुक्त गस्ती टोलीले सङ्का लागेर प्रदेश १–०१–०१३ प ७९७४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ब्राउनसुगर ५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post