झापा : झापामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गौरीगञ्जमा पाहुना आएकी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भाकुरमारीका २२ वर्षीय प्रमोद राजवंशी, २४ वर्षीय देवकुमार राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बेलुका साढे ४ बजेतिर खेतमा पराल लिन गएकी बालिकामाथि बलात्कार भएको थियो ।
पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जाहेरी दिएको छ । भारतीय सीमानजिक जवानमुन्सी मेला घुमेर फर्किने क्रममा उनीहरुले बालिकालाई जबर्जस्ती करणी गरेका थिए । झापा गाउँपालिका निवासी पीडित बालिका ५ महिनादेखि गौरीगञ्जस्थित आफन्तको घरमा बस्दै आएकी छन् ।
त्यस्तै, जबर्जस्ती करणी गरी फरार भएको अभियोगमा भद्रपुर नगरपालिका ४ का १९ वर्षीय रमेश लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।
लिम्बूले फागुन १७ गते स्थानीय १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान तथा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post