खोटाङ : खोटाङका विभिन्न विद्यालयमा चेतनामूलक सडक नाटक ‘बोध’ मञ्चन गरिएको छ। कूलतमा लाग्दा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्ने विषयवस्तुमा आधारित रहेर उक्त नाटक तयार पारिएको हो ।
खोटाङको हलेसी तुवाचुङका च्यास्मिटार मावि च्यास्मिटार र महेन्द्रद्वय मावि हलेसीमा मञ्चन गरिएको छ ।
ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको नाटकले लागूऔषधको प्रयोगले युवा पुस्तामा पर्ने असर, त्यसबाट समाजमा भएका विविध सामाजिक घटना समेटेर सचेतनामुलक सन्देश दिइएको छ ।
पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा जेबी डिसी, ज्योति राई, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल र तुलसा राईको अभिनय रहेको छ ।
नाटकका पात्र समेत रहेका डिसीले यही विषयवस्तुमा केही वर्षअघि ‘सिग्नेचर’ नामक चलचित्रमा अभिनय समेत गरेका थिए । सोही अनुभवलाई यस नाटकमा मिहीन तरिकाले प्रस्तुत गरिएको उनले बताए।
सामाजिक जनचेतना बोकेको विषयवस्तुमा काम गर्न रुचाउने डिसीले लुकामारी, मन्दिरा, घनचक्करलगायत चलचित्रमा समेत काम गरेका छन् ।
नाटकमा काम गर्दागर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेका डिसी चलचित्रमा अभिनयसँगसँगै विभिन्न नाटक निर्माणमा पनि जुट्दै आएका छन् ।












Discussion about this post