झापा : झापाको मेचीनगर नगरपालिका १० बाट लागूऔषधसहित आमाछोरालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानकी ४५ वर्षीया मैनी खातुन र छोरा २५ वर्षीय मेबुव आलम रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धूलाबारी र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खातुनको घरमा चेकजाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा, डिजिटल तराजु १ थान नगद ९ हजार ५ सय साठी रुपैया र बिभिन्न कम्पनीका मोवाइल ९ थान बरामद गरेको हो ।
प्रतिवन्धित लागूऔषधसहित पक्राउ परेका आमाछोराको इलाका प्रहरी कार्यालय धूलाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post