Sunday, July 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी बम बिस्फोटबारे के भन्छन् सुनसरीका एसपी ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १५, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरी बम बिस्फोटबारे के भन्छन् सुनसरीका एसपी ?
304
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी २ स्थित नवजागृति टोलका अमित श्रेष्ठको घरको तल्लो तलामा सोमबार राति साढे १० बजे बम बिस्फोट भयो । बिस्फोटको क्रममा दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार कोठाभाडामा बस्दै आएका २२ वर्षीय रबिन थापा र २० दिनअघि उनकै कोठामा पाहुना आएका लमजुङका २३ वर्षीय शेरजंङ गुरुङ घाइते भएका हुन् । गुरुङले ल्याएको झोलामा बिस्फोटक पदार्थ रहेको प्रहरीको अनुमान छ ।

‘बिस्फोटको सम्बन्धमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ,’ एसपी थापाले टाकुरासँग भने, ‘घाइतेहरूको प्रहरीको निगरानीमा विराटनगरमा उपचार भइरहेको छ ।’ उनका अनुसार घाइतेहरू खतरामुक्त छन् ।

बिस्फोटको कारण घरको कोठाका सिसा फुटेको छ भने ढोका पनि भत्किएको छ । लमजुङबाट आएका गुरुङको भने आधिकारिक पहिचान नखुलेको अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

प्रहरीका अनुसार बिस्फोट भएको बम सुतली बम भएको खुलेको छ । आफैँ घटनास्थल पुगेका एसपी थापा भन्छन्, ‘ठूलो र खतरानक बम नभएपनि डर, त्रास देखाउनलाई राखिएको बम हो, ठूलो बम भएको भए दुवैजनाको ज्यानै जान सक्थ्यो ।’

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्का, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी थापा लगायतका प्रहरी अधिकारीहरूले राति नै घटनास्थल पुगेर अनुसन्धानको प्रक्रिया अगाडि बढाएका थिए ।

‘हामीले अनुसन्धान गरिरहेका छौँ, अनुसन्धानपछि मात्रै सबै कुरा बाहिर आउँछ,’ एसपी थापाले टाकुरालाई भने, ‘घटनास्थलबाट केही प्रचाहरू पनि रहेकाले अनुसन्धानमा थप मद्वत पुग्नेछ ।’

उनका अनुसार घटनास्थलबाट हिमाल सुरक्षा परिषद नेपालको दुईवटा पर्चा बरामद गरिएको छ । यस्तै, शंकास्पद एउटा झोला समेत प्रहरीले बरामद गरेर अनुसन्धानको लागि लगेको छ ।

पर्चामा कफनका पूर्वाञ्चल डिभिजन प्रमुख बृज किशोर ठाकुर र हिमाल सुरक्षा परिषदको केन्द्रिय अध्यक्ष अर्जुन नामबाट हस्ताक्षर भएको छ । राजसंस्था पुर्नस्थापनाको हुनुपर्ने तथा एमसीसी खारेज हुनुपर्ने बिषयहरु उक्त पर्चामा उल्लेख गरिएको छ ।

हिमाल सुरक्षा परिषद नेपालले गत फागुन १५ गते विज्ञप्ती निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो । सोही परिषदको नाममा झापाको बिर्तामोड र दमकमा बम आतङ्क सिर्जना गर्ने ९ जनालाई यसअघि झापा प्रहरीले पक्राउ गरिसकेको छ ।

यो पनि – इटहरीमा बम बिस्फोट, दुईजना घाइते

Tags: #इटहरीटाकुरा विशेषबमबिस्फोटसञ्जयसिंह थापा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
समाचार

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इटहरी : सुनसरीको झुम्का कारागारबाट फरार भएका कैदी सिराहामा लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। प्रहरीको गोली प्रहारपछि नियन्त्रणमा लिइएका ६...

Auto Draft
पर्यावरण

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इलाम : इलामको माइजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु प्रत्यक्ष देखिएको छ। वन्यजन्तु फोटोग्राफर देवेन खरेलले क्यामरामा कैद...

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३
Auto Draft

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

साउन १०, २०८३
सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1109 shares
    Share 444 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    772 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    628 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    600 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.