Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी बम बिस्फोटबारे के भन्छन् सुनसरीका एसपी ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १५, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरी बम बिस्फोटबारे के भन्छन् सुनसरीका एसपी ?
306
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी २ स्थित नवजागृति टोलका अमित श्रेष्ठको घरको तल्लो तलामा सोमबार राति साढे १० बजे बम बिस्फोट भयो । बिस्फोटको क्रममा दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार कोठाभाडामा बस्दै आएका २२ वर्षीय रबिन थापा र २० दिनअघि उनकै कोठामा पाहुना आएका लमजुङका २३ वर्षीय शेरजंङ गुरुङ घाइते भएका हुन् । गुरुङले ल्याएको झोलामा बिस्फोटक पदार्थ रहेको प्रहरीको अनुमान छ ।

‘बिस्फोटको सम्बन्धमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ,’ एसपी थापाले टाकुरासँग भने, ‘घाइतेहरूको प्रहरीको निगरानीमा विराटनगरमा उपचार भइरहेको छ ।’ उनका अनुसार घाइतेहरू खतरामुक्त छन् ।

बिस्फोटको कारण घरको कोठाका सिसा फुटेको छ भने ढोका पनि भत्किएको छ । लमजुङबाट आएका गुरुङको भने आधिकारिक पहिचान नखुलेको अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

प्रहरीका अनुसार बिस्फोट भएको बम सुतली बम भएको खुलेको छ । आफैँ घटनास्थल पुगेका एसपी थापा भन्छन्, ‘ठूलो र खतरानक बम नभएपनि डर, त्रास देखाउनलाई राखिएको बम हो, ठूलो बम भएको भए दुवैजनाको ज्यानै जान सक्थ्यो ।’

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्का, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी थापा लगायतका प्रहरी अधिकारीहरूले राति नै घटनास्थल पुगेर अनुसन्धानको प्रक्रिया अगाडि बढाएका थिए ।

‘हामीले अनुसन्धान गरिरहेका छौँ, अनुसन्धानपछि मात्रै सबै कुरा बाहिर आउँछ,’ एसपी थापाले टाकुरालाई भने, ‘घटनास्थलबाट केही प्रचाहरू पनि रहेकाले अनुसन्धानमा थप मद्वत पुग्नेछ ।’

उनका अनुसार घटनास्थलबाट हिमाल सुरक्षा परिषद नेपालको दुईवटा पर्चा बरामद गरिएको छ । यस्तै, शंकास्पद एउटा झोला समेत प्रहरीले बरामद गरेर अनुसन्धानको लागि लगेको छ ।

पर्चामा कफनका पूर्वाञ्चल डिभिजन प्रमुख बृज किशोर ठाकुर र हिमाल सुरक्षा परिषदको केन्द्रिय अध्यक्ष अर्जुन नामबाट हस्ताक्षर भएको छ । राजसंस्था पुर्नस्थापनाको हुनुपर्ने तथा एमसीसी खारेज हुनुपर्ने बिषयहरु उक्त पर्चामा उल्लेख गरिएको छ ।

हिमाल सुरक्षा परिषद नेपालले गत फागुन १५ गते विज्ञप्ती निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो । सोही परिषदको नाममा झापाको बिर्तामोड र दमकमा बम आतङ्क सिर्जना गर्ने ९ जनालाई यसअघि झापा प्रहरीले पक्राउ गरिसकेको छ ।

यो पनि – इटहरीमा बम बिस्फोट, दुईजना घाइते

Tags: #इटहरीटाकुरा विशेषबमबिस्फोटसञ्जयसिंह थापा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    642 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.