सोलुखुम्बु : सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका ४ बस्ने ३७ वर्षीय चन्द्र राईले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
गएराति राईले आफ्नै ३७ वर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ परेका राईले सामान्य बादबिबादको क्रममा रिसको आवेगमा श्रीमतीलाई खुकुरी प्रहार गरेको खुलेको छ ।
खुकुरी प्रहारबाट राईको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post