इटहरी : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गठन गरेको ‘नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ को सदस्यमा इटहरीका विकास केसीसहित २६ जनालाई मनोनीत गरिएको छ ।
कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका केसीसहित २६ जनालाई सदस्यमा मनोनीत गरिएको हो ।
स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको बैठकले समितिका संयोजक तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय सदस्य गाविन्द भट्टराईको संयोजकत्वमा गठन भएको उपसमितिमा सुनसरीका केसीसहित २६ जनालाई मनोनीत गरेका हुन् ।
विभिन्न जिल्लाबाट मनोनीत भएका उनीहरूले केन्द्रको निर्देशन अनुसार स्थानीय तह निर्वाचनको प्रचार–प्रसार गर्नेछन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उक्त उपसमिति गठन गरिएको कांग्रेसले जनाएको छ ।













Discussion about this post