इटहरी : श्रोत नखुलेको भारतीय नोटसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतीय नागरिक ३७ वर्षीय अभिनाष मुखिया, २९ वर्षीय बिष्णुदेव मुखिया, सुनसरीको बर्जु गाउँपालिका १ का ३८ वर्षीय सुरज ऋषिदेव र ३८ वर्षीय शिवकुमारी ऋषिदेव रहेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गत २८ गते दिउँसो विराटनगर १५ वाट उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले श्रोत नखुलेको भारतीय रुपैयाँ तीन लाख आठ हजार पाँच सय बरामद गरेको छ ।
श्रोत नखुलेको अबैध भारतीय रुपैयाँसहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post