Tuesday, August 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

रासस by रासस
असार ४, २०८३
in विविध, समाचार
0
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान
57
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रममार्फत काम अघि बढाएको छ ।

स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन भइरहेको हो ।

गाउँपालिका रोजगार शाखाका संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रमका लागि सङ्घीय सरकार रु ३१ लाख ७२ हजार र गाउँपालिकाबाट ३१ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ ।

यसबाहेक कामदारका लागि आवश्यक औजार उपकरण, सुरक्षा सामग्री खरिद तथा ढुवानी व्यवस्थापन गर्न गाउँपालिकाले थप रु १८ लाख लगानी गरेको छ ।

कार्यक्रममार्फत गाउँपालिकाका सबै छ वडामा गरी ८५ जना स्थानीय नागरिकलाई १०० दिनसम्म रोजगारी प्रदान गरिएको छ । विशेषगरी रोजगारीको अभाव झेलिरहेका विपन्न तथा श्रमिक वर्गलाई लक्षित गरी काम दिइएको संयोजक खड्काले जानकारी दिए ।

“स्थानीयलाई आफ्नै ठाउँमा काम गर्ने अवसर सिर्जना गर्दै विकास निर्माणलाई गति दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने । यसरी काम गर्नेलाई दैनिक रु ७५४ प्रदान गरिने गरेको गाउँपालिकाले जनाएको छ ।

हालसम्म २५ किलोमिटर नाली निर्माण, पाँच किलोमिटर सडक सोलिङ, २० किलोमिटर क्षेत्रमा झाडी फाँड्ने तथा सरसफाइ गर्ने काम सम्पन्न भएको छ । यसैगरी १०० मिटर सिँढीसहितको पैदलमार्ग निर्माण गरिँदा दुर्गम बस्तीका नागरिकलाई आवतजावतमा सहजता पुगेको छ ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले कार्यक्रमले स्थानीय नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुर्याउनुका साथै श्रममा आधारित विकासको अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुगेको बताए । यो कार्यक्रमले गाउँमै रोजगारको अवसर सिर्जना गर्ने वातावरण बनाएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सडक पूर्वाधारलाई वर्षौंभरि सञ्चालनयोग्य बनाउने लक्ष्यसहित स्तरोन्नतिमा जोड दिइएको स्पष्ट पारे ।

“पहिले वर्षायाममा अवरुद्ध हुने सडक अहिले क्रमशः सुधार हुँदै गएका छन्”, उनले भने, “स्थानीय श्रम प्रयोग गरेर निर्माण गरिँदा लागत पनि कम भएको छ । स्थानीयमा स्वामित्व भावना पनि बढेको छ ।”

गाउँपालिका अध्यक्ष किरण राईले जनसहभागितामूलक विकासलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रममार्फत स्थानीयलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउने नीति लिइएको बताए । “हामी विकासलाई रोजगारीसँग जोडेर अघि बढिरहेका छौँ”, अध्यक्ष राईले भने, “यसले दिगो विकासका लागि आधार तयार गरिरहेको छ ।”

स्थानीयवासी ध्रुव राईले स्थानीयलाई आफ्नै ठाउँमा रोजगार बनेर केही आयआर्जन गर्ने अवसर मिलेको उनले बताए । सडक स्तरोन्नतिसँगै दैनिक आवतजावत, कृषिउपज ढुवानी र सेवा प्रवाहमा सहजता भएको उनको भनाइ छ ।

गाउँपालिकाले आगामी दिनमासमेत यस्ता श्रममुखी तथा जनसहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिँदै ग्रामीण पूर्वाधारलाई थप सुदृढ बनाउने योजना बनाएको जनाएको छ । सडक सञ्जाललाई गुणस्तरीय र दिगो बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाइएको गाउँपालिकाको भनाइ छ ।

Tags: #भोजपुररोजगारी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै
FEATURE BREAKING

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भई मृत्यु भएका २२ वर्षीय रवीन्द्र मेहताको शव एक सातादेखि त्रिवि...

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु
विविध

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
0

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोशी प्रदेशमा प्यालियेटिभ तथा हस्पिस केयर (प्रशामक सेवा) विस्तार गर्ने उद्देश्यले पाँचदिने...

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

साउन २५, २०८३
विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३
‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती’ कार्यक्रम

कफी खेतीमा भोजपुरको भविष्य खोज्दै किसान, नगरपालिकाको दुई करोडभन्दा बढी लगानी

साउन २५, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

सङ्खुवासभामा ग्यास कालोबजारी, एक व्यवसायीलाई पक्राउ

साउन २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

साउन २५, २०८३
बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

साउन २५, २०८३
इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

साउन २५, २०८३
विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    441 shares
    Share 176 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.