झापा : झापाको मेचीनगर नगरपालिका ६ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले तीनजनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।
मे ५ प ५६५ नम्बरको स्कुटरमा भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका दमक नगरपालिका २ का २६ वर्षीय अमृत राई र २२ वर्षीय सन्तोष ढकाललाई चेकजकाँच गर्ने क्रममा उनीहरूको साथबाट ६ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको थियो ।
यसैगरी, सोही स्थानबाट दमक नगरपालिका ५ का २२ वर्षीय राजेश गुरुङलाई लागूऔषध ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गुरुङलाई लागूऔषध डाईजापाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुलसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post