झापा : झापाको मेचीनगर नगरपालिका १० बाट दुईजना र मेचीनगर नगरपालिका ६ काँकरभिट्टाबाट एकजनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धूलाबारी र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर १० स्थित राजमार्गबाट मेचीनगर ६ का ३२ वर्षीय निशान थापा र भारत सिलगढी बस्ने २७ र्षीया हेनअरा खातुनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, मेचीपुलमा चेकजाँचको क्रममा बुढानिलकण्ठ नगरपालिका २ काठमाण्डौँका ३९ बर्षीय मोहनबहादुर मगरको साथबाट २८ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post