इटहरी : नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश १ को अध्यक्षमा इटहरीका जीपी तिवारी निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार इटहरीमा भएको प्रदेश १ को दोस्रो अधिवेशनबाट तिवारीलाई निर्विरोध निर्वाचित भएका हुन् ।
इटहरीको उद्योग बाणिज्य संघको सभाहलमा भएको अधिवेशनले लामो समयदेखि आयुर्वेद व्यवसायी रहेका उनलाई निर्विरोध चयन गरिएको हो ।
यस्तै, उपाध्यक्षमा बिनोद बस्नेत, महिला उपाध्यक्षमा उर्मिलाकुमारी ढकाल, सचिवमा तीर्थराज अधिकारी, सह–सचिवमा गोपाल काफ्ले र कोषाध्यक्षमा गोमा उप्रेती चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा मेमा प्रसाद शाह, बिन्दु खनाल, सुजाता कार्की, वीरबहादुर विश्वकर्मा, मोहन श्रेष्ठ, यमनाथ दाहाल, मीना प्रसाईँ, बिक्रमचन्द्र ठाकुर, टेकबहादुर श्रेष्ठ, यामनाथ रिजाल, फडिन्द्रराज भण्डारी र तेजबहादुर कटुवाल चयन भएका छन् ।
निर्वाचनअघि भएको औपचारिक समारोहमा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आयुर्वेद व्यवसायीहरूले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
कोरोना महामारीको समयमा आयुर्वेद औषधि व्यवसायीले सकारात्मक काम गरेको निवर्तमान अध्यक्ष जगतबहादुर भट्टरार्इृले बताए ।












Discussion about this post