Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी बम बिस्फोट घटना : मुख्य योजनाकारसँग संलग्न रहेका एक पत्रकार पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०७९
in समाचार
0
इटहरीको द बर्गर हाउसमा चोरी, चोरीमा संलग्न २ महिलासहित ८ जना पक्राउ

तस्वीरमा इटहरी प्रहरी कार्यालय ।

470
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत चैत १४ गते इटहरी २ मा बम बिस्फोट गराउने हिमाल सुरक्षा परिषद र कङग्रेन्ट फ्रन्ट अफ नेपाल नाम गरेको सङ्गठनसँग आबद्ध भएको आरोपमा प्रहरीले झापा दमकबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका उत्तम रिजाल रहेका छन् । उनी पत्रकार समेत रहेको खुलेको छ । उनी खेलकुद टाइम्सका सञ्चालक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार रिजाललाई मंगलबार १ नं. प्रदेश प्रहरी कार्यालयको आरआईटी समूह विराटनगरले पक्राउ गरेको हो ।

‘हामीले बुधबार यहाँ ल्याएर म्याद थप गरेका छौँ,’ खड्काले टाकुरासँग भने, ‘लामो समयको अनुसन्धानपछि पक्राउ गरेका हौँ, यहीँको मुद्वा भएका कारण थुनामा राखेर अनुसन्धान भइरहेको छ ।’

डीएसपी खड्काका अनुसार पक्राउ परेका रिजालमाथि १० दिनको म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

हिमाल सुरक्षा परिषद्का मुख्य योजनाकार खगेन्द्र खरेलसँग बम बिस्फोट गराउने कार्यमा रिजालको समेत प्रत्यक्ष भूमिका रहेको आधारमा उनलाई पक्राउ गरेको डीएसपी खड्काले बताए ।

यसअघि गत चैत १४ गते राति इटहरी उपमहानगरपालिका वडा नं. २ स्थित नवजागृति टोलमा रहेको अमित श्रेष्ठको घरको तल्लो तलामा बम बिस्फोटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

झापामा पनि उक्त समूहले बम बिस्फोट गराउने योजना बनाइरहेको प्रमाण फेला पारेपछि रिजाललाई पक्राउ गरी मुद्वा चलाइएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार गत माघ ९ गते झापाको बिर्तामोडमा र माघ १३ गते दमकस्थित शिवान चर्चमा हिमाल सुरक्षा परिषद्का पर्चाहरूसहित बिस्फोटक पदार्थ राख्नेका मुख्य नाइके खरेल नै रहेको खुलेको छ । यसअघि यही परिषद्को नाममा आतङ्क सिर्जना गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

हिमाल सुरक्षा परिषदको पर्चा भर्खरै सशस्त्र युद्वको घोषणा गरेको संगठन हो । फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो ।

संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्रिय कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सिमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरू यो सङ्गठनले राख्दै सशस्त्र युद्वको घोषणा गरेको हो ।

खरेलले नेतृत्व गरेको भनिएको हिमाल सुरक्षा परिषद् नेपाल भन्ने संगठनमा राजनीतिक पृष्ठभूमि भएका व्यक्ति संलग्न नभएर वैदेशिक रोजगारी सम्बन्धी ठगी, लागूऔषध मुद्दामा जेल परेर छुटेकाहरू छन् ।

झापा, मोरङ र सुनसरीका व्यापारी व्यवसायीलाई तर्साएर चन्दा असुल्ने धन्दा चलाउने उद्देश्यले स्थानीय तहको चुनाव नजिकिँदै गर्दा शंकास्पद गतिविधि गर्नेहरूविरुद्ध निगरानी गदै आएको छ ।

(भिडियो)

यो पनि – इटहरी बम विस्फोटले टर्‍यो काठमाडौँसहितका सहरमा बम विस्फोट गराउने योजना

यो पनि – इटहरी बम बिस्फोट : आपराधिक ‘ब्याकग्राण्ड’ का मुख्य नाइकेसहित चारजना प्रहरी फन्दामा (भिडियो)

यो पनि – इटहरी बम बिस्फोटमा संलग्न चारजना प्रहरीद्वारा सार्वजनिक

यो पनि – इटहरी बम बिस्फोटबारे के भन्छन् सुनसरीका एसपी ?

यो पनि – इटहरीमा बम बिस्फोट, दुईजना घाइते

Tags: #इटहरी#पक्राउअपराधबम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.