Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी बम बिस्फोट घटना : मुख्य योजनाकारसँग संलग्न रहेका एक पत्रकार पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०७९
in समाचार
0
इटहरीको द बर्गर हाउसमा चोरी, चोरीमा संलग्न २ महिलासहित ८ जना पक्राउ

तस्वीरमा इटहरी प्रहरी कार्यालय ।

468
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत चैत १४ गते इटहरी २ मा बम बिस्फोट गराउने हिमाल सुरक्षा परिषद र कङग्रेन्ट फ्रन्ट अफ नेपाल नाम गरेको सङ्गठनसँग आबद्ध भएको आरोपमा प्रहरीले झापा दमकबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका उत्तम रिजाल रहेका छन् । उनी पत्रकार समेत रहेको खुलेको छ । उनी खेलकुद टाइम्सका सञ्चालक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार रिजाललाई मंगलबार १ नं. प्रदेश प्रहरी कार्यालयको आरआईटी समूह विराटनगरले पक्राउ गरेको हो ।

‘हामीले बुधबार यहाँ ल्याएर म्याद थप गरेका छौँ,’ खड्काले टाकुरासँग भने, ‘लामो समयको अनुसन्धानपछि पक्राउ गरेका हौँ, यहीँको मुद्वा भएका कारण थुनामा राखेर अनुसन्धान भइरहेको छ ।’

डीएसपी खड्काका अनुसार पक्राउ परेका रिजालमाथि १० दिनको म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

हिमाल सुरक्षा परिषद्का मुख्य योजनाकार खगेन्द्र खरेलसँग बम बिस्फोट गराउने कार्यमा रिजालको समेत प्रत्यक्ष भूमिका रहेको आधारमा उनलाई पक्राउ गरेको डीएसपी खड्काले बताए ।

यसअघि गत चैत १४ गते राति इटहरी उपमहानगरपालिका वडा नं. २ स्थित नवजागृति टोलमा रहेको अमित श्रेष्ठको घरको तल्लो तलामा बम बिस्फोटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

झापामा पनि उक्त समूहले बम बिस्फोट गराउने योजना बनाइरहेको प्रमाण फेला पारेपछि रिजाललाई पक्राउ गरी मुद्वा चलाइएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार गत माघ ९ गते झापाको बिर्तामोडमा र माघ १३ गते दमकस्थित शिवान चर्चमा हिमाल सुरक्षा परिषद्का पर्चाहरूसहित बिस्फोटक पदार्थ राख्नेका मुख्य नाइके खरेल नै रहेको खुलेको छ । यसअघि यही परिषद्को नाममा आतङ्क सिर्जना गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

हिमाल सुरक्षा परिषदको पर्चा भर्खरै सशस्त्र युद्वको घोषणा गरेको संगठन हो । फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो ।

संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्रिय कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सिमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरू यो सङ्गठनले राख्दै सशस्त्र युद्वको घोषणा गरेको हो ।

खरेलले नेतृत्व गरेको भनिएको हिमाल सुरक्षा परिषद् नेपाल भन्ने संगठनमा राजनीतिक पृष्ठभूमि भएका व्यक्ति संलग्न नभएर वैदेशिक रोजगारी सम्बन्धी ठगी, लागूऔषध मुद्दामा जेल परेर छुटेकाहरू छन् ।

झापा, मोरङ र सुनसरीका व्यापारी व्यवसायीलाई तर्साएर चन्दा असुल्ने धन्दा चलाउने उद्देश्यले स्थानीय तहको चुनाव नजिकिँदै गर्दा शंकास्पद गतिविधि गर्नेहरूविरुद्ध निगरानी गदै आएको छ ।

(भिडियो)

यो पनि – इटहरी बम विस्फोटले टर्‍यो काठमाडौँसहितका सहरमा बम विस्फोट गराउने योजना

यो पनि – इटहरी बम बिस्फोट : आपराधिक ‘ब्याकग्राण्ड’ का मुख्य नाइकेसहित चारजना प्रहरी फन्दामा (भिडियो)

यो पनि – इटहरी बम बिस्फोटमा संलग्न चारजना प्रहरीद्वारा सार्वजनिक

यो पनि – इटहरी बम बिस्फोटबारे के भन्छन् सुनसरीका एसपी ?

यो पनि – इटहरीमा बम बिस्फोट, दुईजना घाइते

Tags: #इटहरी#पक्राउअपराधबम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक पुरुषको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले एकैदिन पाँचजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका फरार...

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    335 shares
    Share 134 Tweet 84
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.