Monday, September 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी ४ मा विक्रम थापाको लोकप्रियता बढ्दै, भन्छन्–‘राजनीतिलाई व्यवसाय नभई सेवाको भावले बुझेको छु’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
इटहरी ४ मा विक्रम थापाको लोकप्रियता बढ्दै, भन्छन्–‘राजनीतिलाई व्यवसाय नभई सेवाको भावले बुझेको छु’
457
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नं. ४ मा विक्रमबाबु थापा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार छन् ।

उनी अहिले घरदैलो अभियानमा रहँदा आम मानिसको आशीर्वाद सँगै साथ पाएकाले चुनाव जित्ने विश्वासमा छन् ।

भन्छन्, ‘विभिन्न संस्थामा रहेर सकारात्मक काम गरेकै कारण आज पार्टीले पत्याएर वडाध्यक्षमा टिकट दिएको छ, आम मानिसहरूको साथ पाएका कारण चुनाव जित्नेमा ढुक्क छु ।’ उनले पाँच वर्षसम्म इटहरीमा नेकपा एमालेले नेतृत्व गरेपनि सकारात्मक काम नभएको आरोप लगाए ।

आफूले चुनाव जितेको अवस्थामा भेदभावरहित तरिकाले समान रूपमा सेवा प्रदान गर्ने उनको भनाइ छ ।

उनले भने, ‘यहाँ एउटा पार्टीबाट चुनाव जितेर गएकाहरू अर्को पार्टीका मानिसको सिफारिससम्म नगर्ने परम्परा छ, अब हामीले चुनाव जितिसकेपछि भेदभावरहित रूपमा सेवा प्रदान गर्नेछौँ ।’

उनले आफूले विभिन्न संस्थामा रहेर काम गरेको अनुभव भएका कारण सक्षम युवा नेतृत्वको आवश्यक रहेको बताए । थापाले युवा नेतृत्व धेरै ठाउँ रहेपनि सक्षम युवा नेतृत्व नभएका कारण यसपटक इटहरी ४ मा आफ्नो नेतृत्वमा विकासका काम द्रूत गतिमा अगाडि बढ्ने दाबी गरे ।

‘यहाँ सबैभन्दा ठूलो समस्या बाढीको छ, यसको दीर्घकालीन निकास दिनका लागि मेरो मुख्य प्राथमिकता रहन्छ,’ उनले भने, ‘बाटो बनाउने भन्दापनि शिक्षा, स्वास्थ्य जस्ता कुरालाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’

‘विशेषगरी कुलतमा फसेका युवाहरूलाई खेलकुदको माध्यमबाट समाजमा स्थापित गराउनका निम्ति नेतृत्व गरेर काम गर्दै आएको छु,’ उनले भने, ‘व्यवसाय पनि गर्दै आएको छु, कतिपय मानिसहरू राजनीतिलाई व्यवसाय बनाइरहेका बेला मैले राजनीतिलाई सेवाको रूपमा लिएको छु ।’

उनले यसपटक इटहरी ४ मा जनताले परिवर्तन आवश्यक रहेको बुझेका कारण आफूहरूले चुनाव जित्ने दाबी गरे ।

थापाको प्यानलमा नेपाली कांग्रेसबाट खुल्ला महिला सदस्यमा शान्ताकुमारी न्यौपाने, सुष्मा बर्देवा (सुकसरी), खुल्ला सदस्यमा रोशन कुमार तामाङ र खुल्ला सदस्यमा माओवादी केन्द्रका चहकमान भन्डारी उम्मेदवार छन् ।

यस्तो छ थापाको पृष्ठभूमि

२०४३ भदौ १७ गते खोटाङको दोर्पामा जन्मिएका उनी ०५२ सालमा इटहरी आएपछि अध्ययनकै क्रममा विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा होमिएका हुन् ।

कक्षा सातमै अध्ययन गर्ने क्रममा नेविसंघको इकाई सभापति भएका उनमा विस्तारै राजनीतिक मोह बढ्दै गयो । १५ वर्ष अघिदेखि क्रियाशिल सदस्य लिएका उनी हाल कांग्रेस इटहरी ४ का सभापति समेत हुन् । पार्टीमा वडा सदस्य, वडा सचिव हुँदै हाल १४ औँ महाधिवेशनमा उनी सभापतिमा विजयी भएका हुन् ।

यसअघि टोल विकासको अध्यक्ष रहँदा उनले खेल क्षेत्रमा पनि सकारात्मक काम गरेका छन् । ०७२ सालदेखि खेलकुद क्षेत्रमा काम गर्दै आएका उनी हाल भलिबल संघ प्रदेश १ का सदस्य समेत हुन् । अहिले थापाले खेलकुदका गतिविधिलाई प्राथमिकतामा राखेका काम गर्दै आएको बताए ।

‘विशेषगरी कुलतमा फसेका युवाहरूलाई खेलकुदको माध्यमबाट समाजमा स्थापित गराउनका निम्ति नेतृत्व गरेर काम गर्दै आएको छु,’ उनले भने, ‘व्यवसाय पनि गर्दै आएको छु, कतिपय मानिसहरू राजनीतिलाई व्यवसाय बनाइरहेका बेला मैले राजनीतिलाई सेवाको रूपमा लिएको छु ।’

उनले आफूले राजनीतिलाई व्यवसाय भन्दा पनि सेवाको रूपमा लिने भएका कारण पनि यसपटक चुनाव जित्ने बताए ।

स्नातक तह उत्तीर्ण गरेका उनी यहाँका लोकप्रिय युवा नेता हुन् । हरेक वर्ष भलिबल प्रतियोगिता पनि गर्दैै आएका उनले खेलकुद, कला, साहित्य, संगीत जस्ता क्षेत्रमा पनि आफूले सकारात्मक काम गर्ने प्रवितद्वता व्यक्त गरे ।

Tags: #स्थानीय तहनिर्वाचनविक्रम थापास्थानीय निर्वाचन २०७९
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी
विविध

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

धरान : कोशी प्रदेशमा हिमालदेखि तराईसम्म पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत र गन्तव्य भए पनि पर्यटकलाई लामो समयसम्म राखेर स्थानीय...

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.