इटहरी (डेस्क) : झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपलिका ११ दुधेबाट ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका ७ का १९ वर्षीय हरदीप राजबंशी, भारतीय नागरिक दार्जिेलिङ दुलालजोतका २२ वर्षीय सुरेन मरमन र २३ वर्षीय अर्जुन रोय रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले दुई सय तीन ग्राम, चार सय दश मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित ३८,७३० नगद बरामद गरेको छ ।
यस्तै, मोरङको बेलबारी नगरपालिका ३ बाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४८ प ९७७४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको लुकिङ ग्लासभित्र लुकाईछिपाई राखिएको अवस्थामा ३ ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिएको हो ।
पक्राउ पर्नेमा बूढीगंगा गाउँपालिका ७ का २६ वर्षीय रुपेश चौधरीलाई पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post