धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (आज) बिहीबार हातमा झाडु बोकेर भानुचौकमा पुग्दा आम मानिसको ध्यान खिच्यो ।
उनले अघिल्लो दिन दिउँसो ३ बजे भानुचोक सफाई कार्यक्रमबारे सामाजिक सन्जालमार्फत आह्वान गरेका थिए ।
उनका समर्थकहरूका साथै सेवक अभियानको टोली पनि सफाई कार्यक्रमको लागि पुगिसकेका थिए ।
वर्षाको कारण केही ढिलाई भएको सफाई अभियानमा मेयर आफैं झाडु लिएर पुगेपछि अचम्मित हुँदै हेर्नेहरूको पनि भीड लाग्यो ।
मेयर साम्पाङले आफ्नो घर, आँगन र सडक सफा राख्न सचेतना जगाउनको लागि आफैं सरसफाई अभियानमा आएको बताए ।
आफूबाट निस्कने फोहोर आफैं व्यवस्थापन गर्ने बानी बसाल्न अनुरोध गर्दै आफू झाडु बोकेर आएको पनि मेयर साम्पाङले बताए ।
उनले भने, ‘मेरो लक्ष्य अबको ६ महिनामा धरानलाई देशकै सफासहर घोषणा गर्नुपर्छ भन्नेछ । यसमा म एक्लैले पूरा गर्दिन, सबैको साथ सहयोग चाहिन्छ । मेरो अनुरोध छ, अब उप्रान्त सडकमा केही पनि फोहोर नफालौं ।’












Discussion about this post