- ज्याे. पं. सम्राट् गाैतम
आजको बारवेला
२०८३ भदौ २२ गते सोमबार
सोही अनुसार ७ सेप्टेम्बर २०२६
श्रीशाके १९४८
नेपाल संवत् ११४६ गुंलागा
दक्षिणायन , वर्षा ऋतु , रौद्र संवत्सर
भाद्र महिना कृष्णपक्षको एकादशी तिथि १६:०२ सम्म तत्पश्चात् द्वादशी
पुनर्वशु नक्षत्र १८:२२ सम्म उप्रान्त तिष्य नक्षत्र
चन्द्रमा १२:४५ बजेसम्म मिथुन राशिमा तत्पश्चात् कर्कटमा प्रवेश
अजा एकादशी व्रत / निजामती सेवा दिवस
आजको राशिफल
मेष
दिनको शुरुवातमा बोलिमा मिठास छाउनेछ, कार्यक्षेत्रमा सफलता मिल्नेछ। दिउँसोपछि पारिवारिक सुख र मनमा शान्ति कायम रहनेछ, नयाँ कामको अवसरले उत्साह बढाउनेछ।
वृष
आर्थिक लाभको सम्भावना छ, रोकिएका काम बन्नेछन्। बोल्दा विचार पुर्याउनुहोला, कसैको मन दुख्न सक्छ। दिउँसोपछिको समयमा आत्मविश्वास बढ्नेछ र सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ।
मिथुन
दिनको पूर्वार्धमा सोचेका काम सफल हुनेछन्, मनमा हर्ष छाउनेछ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। मध्याह्नपछि धनको लाभ हुनसक्छ, अनावश्यक खर्चबाट बच्नु बुद्धिमानी हुनेछ।
कर्कट
दिनको शुरुवातमा खर्च र भागदौड बढ्न सक्छ, धैर्य धारण गर्नुहोला। दिउँसोबाट चन्द्रमा तपाईँको राशिमा प्रवेश गर्नेछ। यसले मनमा खुशीयाली ल्याउनेछ र अधूरा कार्यहरुले पूर्णता पाउनेछन्।
सिंह
व्यावसायिक क्षेत्रमा लाभदायी रहनेछ, नयाँ योजनामा सफलता मिल्नेछ। साथीभाइको सहयोग प्राप्त हुनेछ। दिनको उत्तरार्धमा खर्च बढ्न सक्छ, साथै यात्राको संभावना छ।
कन्या
कार्यक्षेत्रमा पदोन्नती वा जिम्मेवारी बढ्न सक्छ, पिताको सहयोग मिल्नेछ। दिउँसोपछिको समयमा सामाजिक कार्यमा रुचि बढ्नेछ र आर्थिक आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्।

तुला
धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ, यात्राको योग छ। स्वास्थ्यमा केही समस्या आउन सक्छ। मध्याह्नपछि कार्यक्षेत्रमा नयाँ अवसर मिल्नेछ, उच्च अधिकारीको सहयोगले काम बन्नेछ।
वृश्चिक
स्वास्थ्यमा उतारचढाव आउन सक्छ, खानपानमा ध्यान दिनुहोला। दिनको उत्तरार्धमा भाग्यले साथ दिनेछ। रोकिएका कामहरू पुरा हुनेछन् र धार्मिक कार्यमा खर्च हुनसक्छ।
धनु
वैवाहिक जीवन सुखद रहनेछ, साझेदारसँगको सम्बन्ध सुधार हुनेछ। व्यापारमा फाइदा मिल्नेछ। दिउँसोपछिको समयमा अलि सावधानी अपनाउनुहोला, अनावश्यक विवादबाट टाढै रहनु हितकर हुनेछ।
मकर
दिनको शुरुवातमा शत्रुमाथि विजय प्राप्त हुनेछ, स्वास्थ्य सामान्य रहनेछ। आर्थिक समस्या समाधान हुनसक्छ। दिउँसोपछि परिवारसँग समय बिताउने अवसर मिल्नेछ र मनमा आनन्द छाउनेछ।
कुम्भ
बौद्धिक कार्यमा सफलता मिल्नेछ, नयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। दिनको उत्तरार्धमा स्वास्थ्यमा केही समस्या आउन सक्छ, सतर्क रहनुहोला।
मीन
घरपरिवारमा खुशीको वातावरण रहनेछ, आमाको आशीर्वाद प्राप्त हुनेछ। भौतिक सुख सुविधा बढ्नेछ। दिउँसोपछिको समयमा रचनात्मक कार्यमा मन जानेछ र शुभ समाचार सुन्न पाइनेछ।










Discussion about this post