इटहरी : नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठनसम्बन्धी केन्द्रमा तीनबुँदे सहमति भएपछि कोशी प्रदेश सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा गठित कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम सोमबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरिएको हो ।
कार्यदलले मुख्यमन्त्री कार्कीलाई हस्तान्तरण गरेको कार्यक्रममा प्रदेश सरकारका आगामी प्राथमिकता र सञ्चालनका आधार समेटिएका छन । न्यूनतम साझा कार्यक्रममा २८ वटा बुँदा रहेका छन ।
केन्द्रमा भएको तीनबुँदे सहमतिलाई प्रदेश तहमा कार्यान्वयन गर्ने उद्देश्यले न्यूनतम साझा कार्यक्रम तयार गरिएको जनाइएको छ ।













Discussion about this post