इटहरी (डेस्क) : सुनसरी र झापाका विभिन्न ठाउँबाट लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बाट १ जना र झापाको मेचीनगर नगरपालिका ६ बाट २ जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।
अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र ५ सिमरबनका ५९ वर्षीय रत्न माझीलाई १६३ ग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका मेचीनगर ७ का २५ वर्षीय अर्जुन बाँतर र मेचीनगर ६ का २५ बर्षीय दावा तामाङ १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post