झापा : झापाको बिर्तामोड नगरपालिका ५ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ वर्षीय डिजेन राजवंशी र फिदिम नगरपालिका ७ का २२ वर्षीय सुजन गुरुङलाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले १५ ग्राम ब्राउनसगुर, डिजिटल तराजु १ थान र नगद २ लाख ८४ हजार ७५० रुपैयाँ समेत बरामद गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post