इटहरी (डेस्क) : मोरङ र उदयपुरका दुई स्थानबाट लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अुनसार उदयपुरको चौदण्डीगढी नगरपालिका ६ रातमाटेमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०५–००१ प १४०७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रहेका चौदण्डीगढी ६ बेल्टारका २९ वर्षीय अनिष काफ्ले र २५ वर्षीय कालु राईलाई लागूऔषधसहित पक्राउ गरिएको छ ।
उनीहरूको साथबाट फेनारागन २८ एम्पुल, लिजेसिक २८ एम्पुल र डाईजेपाम २९ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका १७ मटेरुवा स्थित अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बीआर ३८ भी ३२५१ नम्बरको मोटरसाइकलमा सवार रहेका भारत अररिया सोनामनीका कन्हैया कुमार ठाकुर र विकाश ठाकुरलाई ३.०६ ग्राम प्रतिबन्धित ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका चारैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post