झापा : झापाको बिर्तामोड नगरपालिका २ चारपानेबाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुद्दशान्ति ४ का ३१ वर्षीय चन्द्रबहादुर लिम्बू रहेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लिम्बूको साथबाट ३४ ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका लिम्बूको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post