इटहरी : नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०७९ मा इटहरीकी कवि टीका आत्रेय प्रथम भएकी छन्।
प्रतिष्ठानले आफ्नो ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा आत्रेयको ‘संकल्प’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जानकारी दिए ।
प्रतियोगितामा धादिङका यात्रीप्रकाश पाण्डे द्वितीय भएका छन्। उनको कविताको शीर्षक ‘आगोमा फुलेको देश’ रहेको छ ।
तृतीय हुनेमा भक्तपुरकी सीता तुम्खेवा, सुनसरीका किरन सिवा र अछामका कमलराज केसी छन् । सीताको कविताको शीर्षक ‘चरिसो फूल’ र किरनको कविताको शीर्षक ‘बुवाको सिलाइ मेसिन’ छ । केसीको कविताको शीर्षक ‘सपना उम्रन्छ माटोमा’ रहेको छ ।
प्रथम भएकी आत्रेयले आफ्नो छन्दको कविता प्रथम भएको खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘म छन्दकै लागि आएकी थिएँ ।’














Discussion about this post