इटहरी : मोरङको बूढीगंगा गाउँपालिका ६ घेरावनीबाट लागूऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकलमा गाँजा ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १४ प ८९६० नम्बरको मोटरसाइकलमा जेब्रा झोलामा प्याक गरेर लैजाँदै गरेको अवस्थामा ८ केजी गाँजा बरामद भएको थियो ।
मोटरसाइकलबाट गाँजा बरामद भएसँगै मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका ३ का ४५ वर्षीय नेत्र भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।
गाँजासहित पक्राउ परेका भट्टराईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post