विराटनगर : १ नं. प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मोरङबाट, लेनदेन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा विराटनगर ५ का ५० वर्षीय भरौसी चौधरी रहेका छन् ।
चौधरीलाई जिल्ला अदालत मोरङको २०७८।१२।३ गतेको फैसला आदेशले १ महिना कैद र ५ हजार जरिवाना तोकिएको थियो ।
अदालतबाट सजाय तथा जरिवाना तोकिएको भएपनि हालसम्म फरार रहँदै आएका चौधरीलाई खोजतलास गर्ने क्रममा बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चौधरीलाई जिल्ला अदालतमा दाखिला गरिएकोमा तोकिएको कैद भुक्तानको लागी मोरङ जिल्ला कारागार पठाइएको छ ।














Discussion about this post