झापा : झापाको झापा गाउँपालिका ३ स्थितबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा गाउँपालिका ३ का २२ वर्षीय फरमान अली र झापा गाउपालिका ४ का ३२ वर्षीय मनोज गणेश रहेका छन् ।
इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट १३ ग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान बरामद गरेको हो ।
ब्राउनसुगरसहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post