झापा : झापाको मेचीनगर नगरपालिका १ ज्योतीटोल बस्ने ४४ वर्षीय पदमबहादुर दर्जी र २३ वर्षीय चरण लामिछानेलाई लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले दर्जीको घरबाट लागूऔषध गाँजा ३ किलोग्राम र गाँजा कारोबार गर्न आएका लामिछानेलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post