झापा : झापाको मेचीनगर नगरपालिका ६ बाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत दार्जिलिङका २७ वर्षीय अनुप प्रधान रहेका छन् ।
काँकडभिट्टाको मेचीपुलमा लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेका प्रधानको साथबाट ६ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
प्रतिबन्धित ब्राउनसुगरसहित पक्राउ परेका प्रधानलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post