इटहरी : सुनसरीको रामधुनी नगरपालिका ६ सुवानाका १६ वर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार (आज) बिहान सवा ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाको १६ वर्षीय छोरा विवेक सदालाई १७ वर्षीय बालकले सुतिरहेकै स्थानमा गएर पेटमा छुरा प्रहार गरी हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी खटिएर घटनास्थलमा सदालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संग्लग्न रहेका बालकलाई घटनामा प्रयोग भएको छुरासहित पक्राउ गरिएको छ ।
उनी बालक नै रहेकाले तत्काल नाम, थर, वतन गोप्य राखिएको प्रहरीले जनाएको छ ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post