झापा : झापाको मेचीनगर ६ मेची पुलबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर १० बस्ने ३१ वर्षीय प्रदीप आले मगर र मेचीनगर ८ बस्ने २० वर्षीय प्रशन्न राजवंशी रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागूऔषध खैरोहिरोईन १३ ग्रामसहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय काँकड्भिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post