झापा : झापाको मेचीनगर नगरपालिका ६ बाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार (आज) बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा फाकफोकथुम १ इलामका २७ वर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका ८ पाँचथरका २१ वर्षीय लक्षुमान तामाङ रहेका छन् ।
उनीहरूको साथबाट १४ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकरडभिट्टाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post