Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

करातेका प्रशिक्षकबाट इटहरीकी किशोरी बलात्कृत, भिडियो सार्वजनिक गर्ने भन्दै पटकपटक करणी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ११, २०७९
in समाचार
0
विराटनगरमा किशोरीमाथि सामूहिक बलात्कार, करातेका दुई प्रशिक्षक पक्राउ
283
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाकी १९ वर्षीया किशोरीलाई करातेका प्रशिक्षकबाट बलात्कार भएको खुलेको छ ।

विराटनगर बसेर अध्यापन गर्दै आएकी किशोरीलाई करातेका प्रशिक्षकद्वय सुरज सुवेदी र विनोद राउतले बलात्कार गरेको खुलेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार आइतबार पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा किशोरीलाई जबरजस्ती करणी गरी भिडियो बनाएर पटकपटक बलात्कार गरेको खुलेको छ ।

डिसिप्लिन इन्चार्ज समेत रहेका सुवेदीले परीक्षामा सहयोग गर्ने बहानामा कोठामै जाने र शारीरिक सम्बन्ध राखेको खुलेको छ ।

पीडितका अनुसार सुवेदीले शारीरिक सम्बन्धको भिडियो पनि बनाए । र, सोही भिडियो देखाएर ‘ब्ल्याकमेलिङ’ गर्दै कहिले होटल त कहिले कोठामै पुगेर करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

किशोरीमाथि करणी गर्ने अर्काे व्यक्ति पनि थपिए विनोद राउत । राउत र सुवेदी साथी हुन् । उनीहरू दुवैजना राष्ट्रिय खेलकुद परिषद्को मोरङमा कराते प्रशिक्षक छन् । आत्मरक्षा गर्न सिकाउने उनीहरूले किशोरीलाई पटकपटक करणी गरेको खुलेको डीएसपी श्रेष्ठले बताए ।

पछिल्लो पटक सुवेदीले भिडियो देखाएर गत असार २८ गते बलात्कार गरेको पीडित पक्षको दाबी छ । भिडियो खिचेको विषय चर्चामा आए पनि आरोपीको मोबाइलमा फेला नपरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो खिचेको थाहा पाएपछि घटना बाहिर आउने डरले किशोरीले घटनाबारे गुपचुप नै राखेकी थिइन् । तर, पछिल्लो समय कलेज नजाने तथा नैराश्यता भएका कारण परिवारले सोधपुछ गर्दा घटना बाहिरिएको प्रहरीले जनाएको छ ।

घटना थाहा पाएपछि पीडित परिवारले प्रहरीमा उजुरी गरेसँगै सुवेदीलाई पक्राउ गरेको थियो । प्रहरीले सुवेदीको बयानमार्फत राउतलाई पनि पक्राउ गरेको हो । प्रहरीले ‘जबरजस्ती करणी’मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरेको छ । मंगलबार प्रहरीले दोस्रो पटक दुई दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

डीएसपी श्रेष्ठले हाल पीडित किशोरीको अवस्था गोप्य राखेकाले थप बताउन नमिल्ने र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

यो पनि – विराटनगरमा किशोरीमाथि सामूहिक बलात्कार, करातेका दुई प्रशिक्षक पक्राउ

Tags: #बलात्कार#विराटनगर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    960 shares
    Share 384 Tweet 240
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.